भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव, नेपालमा पुनः वर्षा

भरतपुर, २९ असोज ।
भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन अनुरोध गरेको छ । विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहन महाशाखाको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट