साहराको घरका बालिकाहरूले मनाए दशैँ

भरतपुर, २९ असोज ।
भरतपुरस्थित साहराको घरमा आश्रय लिएर बसेका बालिकाहरूले दशैँ मनाएका छन् । भरतपुर- ४ लंकु धारापानीमा रहेको द ग्रिन पार्क रेस्टुरेन्टमा उनीहरूलाई दशैँ मनाउने व्यवस्था मिलाइएको हो ।

गैंडाकोट निवासी सुनिल पाण्डेको सहयोगमा बालिकाहरूलाई दशैँ मनाउने व्यवस्था मिलाइएको रेस्टुरेन्टका संचालक जोन कँडेलले बताए । बालिकाहरूलाई टीका, जमरा लगाएर भोजन पनि गराइएको कँडेलले बताए । गैंडाकोट- १ प्रतिभाटोल निवासी सहयोगी पाण्डे पोल्ट्री व्यवसायी हुन् ।

मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यक्रम गरिएको थियो । टीका ग्रहणसँगै खानपिन र नाचगान गर्दै बालिकाहरू रमाएका थिए ।

आश्रममा रहेका बालिकाहरूलाई यसरी आफ्ना परम्परा र सांस्कृतिक पर्वहरूमा सहभागी गराइ उनीहरूको नैसर्गिक अधिकार प्रदान गरिदिएकोमा साहराको घरकी संचालक कुसुम साहराले धन्यवाद दिइन् ।

साहराको घरमा साहराबिहिन १८ जना बालिकाहरूले
आश्रय लिएर बसेका छन् । उनीहरूलाई खाना, आवास र शिक्षा दिक्षाको व्यवस्थापनको जिम्मा साहराको घरले लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट