भरतपुर, २९ असोज ।
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् ।
क्यालिफोर्नियास्थित एक अस्पतालमा उपचारका लागि क्लिन्टनलाई दुई दिनअघि भर्ना गराइएको उनका प्रवक्ता एन्जेल उरेनियाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
क्लिन्टनलाई यूसी इरविन मेडिकल सेन्टरमा भर्ना गरिएको छ । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । क्लिन्टनलाई के समस्या भएको भन्नेबारे केही बताइएको छैन । तर ७५ वर्षीय क्लिन्टन मुटुसँग सम्बन्धित बिरामी रहेको बीबीसीले जनाएको छ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले उनमा एन्टिबायोटिक्स् र फ्लूइड्स दिइएको जनाएका छन् ।
डाक्टरले भने, “ दुई दिनको उपचारपछि सेतो रग्त कण (डब्ल्यूबीसी) कम भइरहेको छ र उनीमाथि एन्टिबायोटिक्स् औषधिको असर भइरहेको छ । ”
अस्पतालका डाक्टरले न्यू योर्कमा बिल क्लिन्टनको मेडिकल टीम र कार्डियोलोजिस्टसँग पनि सम्पर्क गरिरहेका छन् । उनीहरुले क्लिन्टन चाँडै घर जान सक्ने बताएका छन् ।





