भरतपुर, २९ असोज ।
अफगानिस्तानमा एक मस्जिदमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा रहेको कान्दाहर सहरको मस्जिदमा बम विष्फोट हुँदा ३७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ ।
विष्फोटमा ७० जना घाइते भएका छन् । विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो। विष्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।





