गुल्मीमा जीप दुर्घटना : तीन जनाकाे ज्यान गयाे, चार गम्भीर घाइते

भरतपुर, २९ असोज ।
गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।

बुटवलबाट तम्घास जाँदे गरेको लु१ज ४४९० नम्बरको जीप रेसुंगा नगरपालिकास्थित छहरा भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

दुर्घटनामा परेर गुल्मी मुसिकोट नगरपालिकाका ७० वर्षीया क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षीया संगिता सुनारकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षण गाेपालचन्द्र भट्टराईले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुकाे उपचारका क्रममा ज्यान गएकाे हाे ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनालाई मिसन अस्पताल पाल्ला रेफर गरिएकाे र २ जना सामान्य घाइतेकाे गुल्मीमै उपचार भइरहेकाे उनले बताए ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको पनि उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट