आज विश्व हात धुने दिवस मनाइँदै

भरतपुर, २९ असोज ।
आज विश्व हात धुने दिवस । `हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ´ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीको अहिलेको अवस्थामा साबुनपानीले हात धुनु अझ धेरै सान्दर्भिक देखिएको छ । विश्वभर झण्डै ४० प्रतिशत मानिसमा हात धुने आधारभूत सुविधाबाट समेत वञ्चित रहेको अध्ययनहरुले देखाएका छन् ।

साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुबाट लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरुले देखाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै स्वच्छ र स्वस्थ जीवनका कामना गरेकी छन् । आफ्ना हातका औँलाहरु सफा राख्नु अत्यन्तै महत्त्वपूर्ण कार्य भएको भन्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस समेतको सङ्क्रमणबाटसमेत बच्नका लागि प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएकाले साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट