चितवनमा लैंगिक तथा अल्पसंख्यक समुदायले यसरी मनाए गाईजात्रा (फोटोफिचर)

भरतपुर ७ भदौ । चितवनका लैंगिक तथा अल्पसंख्यक (एल्जीबिटीआइक्यु) समुदायले गाईजात्राको अवसरमा र्‍याली निकालेका छन् । हरेक वर्ष गाईजात्राको अवसरमा आफ्नो पहिचान र अधिकारको माग सुनिश्चत गर्दै र्‍याली निकाल्दै आएको यो समुदायले यस वर्ष भरतपुर–१ ठिमुरामा सचेतनामुलक प्ले कार्ड प्रर्दशन गरेका हुन् । इन्देणी रंगको झण्डा र विभिन्न मुकुट र ड्रेसमा सजिएका उनीहरुले ‘हामी सबै […]

नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

कावासोती, ७ भदौ । नवलपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कावासोती- १६ चालीसकिलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६६७० नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २३ का आशिष गुरुङ र सोही ठाउँ बस्ने […]

कक्षा १२ को परिक्षा दशैं अगाडि

भरतपुर, ७ भदौ । विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसअघि दुईपटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिए । परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने […]

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भरतपुर, ७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँले मूल्य बृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजल/मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटर भएको छ […]

अफगानिस्तानबाट थप १५० नेपाली फर्किए

भरतपुर, ७ भदौ । अफगानिस्तानबाट थप १५० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना तथा सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना नेपाल आइपुगेका छन् । हालसम्म कुल ६५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भइ काठमाडौँ आइपुगेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल […]

नेपाली भूमिमा मित्रराष्ट्र विरोधी गतिविधि हुन दिने छैनौं : गृह मन्त्री खाँण

काठमाडौं, ७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा मित्रराष्ट्र विरोधी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । “नेपाली भूमिमा नेपाल राष्ट्र र नेपाली नागरिकको विरोधी गतिविधि मात्रै होइन, हाम्रा कुनै पनि मित्रराष्ट्रविरोधी गतिविधि समेत हुन दिँदैनौं”, मन्त्री खाँणले भने, “नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेको छ । नेपाली भूमिभित्र नेपाली जनता र कुनै […]

चितवनमा साउन महिनाभर हालसम्मकै धेरै कोरोना संक्रमित थपिए

भरतपुर, ७ भदौ । चितवन जिल्लामा साउन महिनामा कोरोना भाइरसका हालसम्मकै सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै जिल्लाका ५ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो महिनामा जिल्लाका ६६ जना संक्रमितले ज्यान गुमाएका छन् । २०७८ साउन महिनामा थपिएका संक्रमितको संख्या जिल्लाका कूल संक्रमितको […]

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

भरतपुर, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री केसीले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । प्रदेशसभामा मुख्यमन्त्री केसीले विश्वासको मत माग्दा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका थिए । अहिले प्रदेशसभामा ८० जना सदस्य रहेकोमा प्रदेशसभामा ४३ जना उपस्थित थिए । यसमध्ये मुख्यमन्त्री केसीले मागेको […]

खनाल सेवाको शुभकामना कार्यक्रम

भरतपुर, ७ भदौ । खनाल सेवा केन्द्रीय समितिको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । खनाल सेवा केन्द्रीय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा राजेश्वर खनाल, कपिलबाबु खनाल, अर्जुन खनाल, प्रा.डा. नारायणप्रसाद खनाल, जगदीश्वर खनाललगायतले […]

जापानबाट थप खोप आइपुग्यो

काठमाडौं, ७ भदौ । जापानबाट अनुदानको थप खोप आइपुगेको छ । कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार पनि जापान सरकारले २ लाख ८ हजार ७ सय डोज पठाएको थियो । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको […]

‘काउन्सिलिङ’ हुनु त यस्तो पो!

भरतपुर , ७ भदौ । उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन । उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया […]

छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी

दमौली, ७ भदौ । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित हुनुहुन्छ । कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका […]

पुनःनिर्माणले गति लिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

हरि लामिछाने, ललितपुर, ७ भदौ । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील […]

आजको मौसम: देशभर बदली रहने, केही स्थानमा पानी पर्ने

भरतपुर, ७ भदौ । आज देशभर बदली रही केही स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक र दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । अहिले देशभर […]