जापानबाट थप खोप आइपुग्यो

काठमाडौं, ७ भदौ ।

जापानबाट अनुदानको थप खोप आइपुगेको छ । कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार पनि जापान सरकारले २ लाख ८ हजार ७ सय डोज पठाएको थियो ।

जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराइकोमा सोमबार बाँकी पठाइएको हो ।

हालसम्म देशभर ८७ लाख ८८ हजार ९८६ मात्रा खोप लगाइसकिएको छ । पूर्ण मात्राको खोप पाउनेको संख्या भने ३८ लाख ४६ हजार ७३६ रहेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट