अफगानिस्तानबाट थप १५० नेपाली फर्किए

भरतपुर, ७ भदौ ।
अफगानिस्तानबाट थप १५० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना तथा सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना नेपाल आइपुगेका छन् ।

हालसम्म कुल ६५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भइ काठमाडौँ आइपुगेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल फर्किएका उनीहरुलाई अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा काठमाडौँको सामाखुसीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरुको कोरोना परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

हाल अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लण्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौँसम्म ल्याउन सहजीकरण भइरहेको बताइएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार साँझसम्म थप ३६१ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुली नसकेको हुँदा बाँकी नेपालीहरूको उद्धारका लागि उद्धार उडान गरिरहेका राष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट