भरतपुर, ७ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री केसीले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।
प्रदेशसभामा मुख्यमन्त्री केसीले विश्वासको मत माग्दा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।
अहिले प्रदेशसभामा ८० जना सदस्य रहेकोमा प्रदेशसभामा ४३ जना उपस्थित थिए । यसमध्ये मुख्यमन्त्री केसीले मागेको विश्वासको मतको पक्षमा जनाले ४२ मतदान गरे । विपक्षमा कुनै मत खसेन र १ जना तटस्थ रहे ।
माओवादीका तर्फबाट प्रदेशसभामा निर्वाचित भएका केसी साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।





