खनाल सेवाको शुभकामना कार्यक्रम

भरतपुर, ७ भदौ ।
खनाल सेवा केन्द्रीय समितिको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

खनाल सेवा केन्द्रीय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा राजेश्वर खनाल, कपिलबाबु खनाल, अर्जुन खनाल, प्रा.डा. नारायणप्रसाद खनाल, जगदीश्वर खनाललगायतले शुभकामना मन्तव्य दिएका थिए । मन्त्री खनालले खनाल वंशमा आँच आउने तथा नकारात्मक सन्देश जाने खालका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष वामदेव खनालले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट