कक्षा १२ को परिक्षा दशैं अगाडि

भरतपुर, ७ भदौ ।
विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसअघि दुईपटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिए ।

परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को स्वीकृति कुरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट