नेपाली भूमिमा मित्रराष्ट्र विरोधी गतिविधि हुन दिने छैनौं : गृह मन्त्री खाँण

काठमाडौं, ७ भदौ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा मित्रराष्ट्र विरोधी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् ।

“नेपाली भूमिमा नेपाल राष्ट्र र नेपाली नागरिकको विरोधी गतिविधि मात्रै होइन, हाम्रा कुनै पनि मित्रराष्ट्रविरोधी गतिविधि समेत हुन दिँदैनौं”, मन्त्री खाँणले भने, “नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेको छ । नेपाली भूमिभित्र नेपाली जनता र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौं । यो सरकारको स्पष्ट धारणा हो ।”

मन्त्री खाँणले यो विषयमा सुरक्षा निकायका प्रमुखहरूलाई गम्भीर भएर लाग्न निर्देशन समेत दिए । उनले सामूहिक जवाफदेही र सामूहिक जिम्मेवारीको अवधारणामा काम गर्न समेत गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।

सोमबार मन्त्रालयले आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँग अन्तरक्रिया’ विषयक कार्यक्रममा मन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको भन्दै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले राज्य र नागरिकको सुरक्षामा कुनै पनि सम्झौता नगर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई आग्रह गरेका थिए ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट