बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भरतपुर, ७ भदौ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँले मूल्य बृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजल/मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटर भएको छ ।

यसैगरी खाना पकाउने एलपी ग्यास २५ रूपैयाँले बढेर १४ सय ५० पुगेको छ ।

साथै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १७ डलरले बढेर ७७० डलर भएको छ । नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट