नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ

कावासोती, ७ भदौ ।
नवलपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कावासोती- १६ चालीसकिलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६६७० नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २३ का आशिष गुरुङ र सोही ठाउँ बस्ने वर्ष १९ की मेनुका परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट डाईजापम ५० एम्पुल, नुफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट