चितवनमा लैंगिक तथा अल्पसंख्यक समुदायले यसरी मनाए गाईजात्रा (फोटोफिचर)

भरतपुर ७ भदौ ।

चितवनका लैंगिक तथा अल्पसंख्यक (एल्जीबिटीआइक्यु) समुदायले गाईजात्राको अवसरमा र्‍याली निकालेका छन् ।

हरेक वर्ष गाईजात्राको अवसरमा आफ्नो पहिचान र अधिकारको माग सुनिश्चत गर्दै र्‍याली निकाल्दै आएको यो समुदायले यस वर्ष भरतपुर–१ ठिमुरामा सचेतनामुलक प्ले कार्ड प्रर्दशन गरेका हुन् ।

इन्देणी रंगको झण्डा र विभिन्न मुकुट र ड्रेसमा सजिएका उनीहरुले ‘हामी सबै भिन्न’, ‘हामी सबै समान ,लैंगिक तथा अल्पसंख्यक समुदायलाई सम्मान गरौं’ लेखेका सन्देशमुलक प्ले कार्ड प्रर्दशन गरेका थिए ।

मानव सचेत समाज चितवनका कार्यक्रम सयोजक देव श्रेष्ठले साँस्कृतिक रुपमा नेवार समुदायले दिवंगत भएका आफन्तको सम्झनामा मनाउने यो पर्व एल्जीबिटीआइक्यु समुदायले पनि विगत १८ वर्षदेखि मनाउँदै आएका बताए । ‘विभिन्न कारणले ज्यान गुमाएका यो समुदायका सदस्यको आत्माको शान्तिको कामना र पहिचान खुलेर आउन नसकेकहरु पनि गाईजात्रामा सामेल हुने गरेका छन् ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट