नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने

काठमाडौँ, ३० श्रावण । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका हुन् । संविधानको धारा २६९ (४) (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच […]
चितवनमा श्रावण ३१ र ३२ गते विश्वविद्यालयका परीक्षार्थीहरूलाई खोप लगाइने

भरतपुर, ३० श्रावण । चितवनमा आइतबार र सोमबार (श्रावण ३१ र ३२ गते) विश्वविद्यालय तहका परीक्षामा सामेल हुने विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार विभिन्न विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका परीक्षामा दिइरहेका तथा निटक भविष्यमा दिन लागेका परीक्षार्थीहरूलाई भेरो सेल खोपको पहिलो मात्रा दिन लागिएको हो […]
चितवनका अस्पताल र आइसोलेसन केन्द्रमा २३२ जना संक्रमित

भरतपुर, ३० श्रावण । स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २३२ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ९२ जना, एचडीयू कक्षमा ४८ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ९२ जना संक्रमितले उपचार गराइरहेका छन् […]
चितवनका थप १६५ जनामा संक्रमण पुष्टि, हालसम्म २० हजार बढीलाई निको

भरतपुर, ३० श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११५ जनामा पीसीआर तथा ५० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ५०५ जनाको स्वाब संकलन […]
कायाकैरन साताका तस्बिर

भरतपुर महानगरपालिकाको वडा नं देवनगरका महिलाहरू घाँसको भारी घर लैजाँदै । भरतपुर महानगरपालिकाको वडा नं ६ देवनगरस्थित जंगलको एउटा रुखको बोक्रा उप्किएको भागमा बनाइएको चित्र । चितवनको बीसहजारी तालमा तालमा जम्मा भएको जलकुम्बी निकालिँदै । चितवनको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा चिनिएको सो ताल घुम्न आउनेको संख्यामा कोरोना महामारीका कारण कमी आएको छ । गोन्द्राङ […]
अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय: एक करोड आम्दानी

कञ्चनपुर, ३० साउन। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरिरार्थ गरेका छन् । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उहाँको परिवारले मनग्य आम्दानी गर्दै आएका छन् । नर्सरी व्यवसायमा धामीका दाजु पानसिंह, भतिजा रुपसिंह समेत संलग्न रहँदै आएका छन् । तीनै जनाले अलग–अलग नर्सरीमा बिरुवा तयार गरी […]
स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

रामपुर, ३० साउन । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकनाले […]
भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी

भरतपुर,३० साउन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा […]
माधव नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

भरतपुर, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा […]
माओवादी केन्द्र भरतपुर-१ को वडा भेला

भरतपुर, ३० साउन । नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर १ को पार्टी भेला सम्पन्न भएको छ । केन्द्रका वडाध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा वडा कमिटीलाई पुनर्गठन गर्दै विभिन्न पार्टीमा आवद्ध कुल १०२ जनालाई पार्टी प्रवेश गराइएको छ । प्रमुख अतिथि रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले […]
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

वालिङ, ३० साउन। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा […]
देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ, ३० साउन । आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।हाल मनसुनी न्युन चापीय रेखा […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् । यसअघि शुक्रबार अपराह्न माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको हो […]
१६४ घर खरको छानामुुक्त

वाग्मती, ३० साउन । मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् । ३ नम्बर […]
सबै राजस्व विद्युत्तीय भुक्तानीमार्फत् हुने

भरतपुर, ३० साउन । सरकारले प्राप्त गर्ने सबै राजस्व अब विद्युत्तीय भुक्तानीमार्फत् हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सरकारले प्राप्त हुने सबै क्षेत्रका राजश्व विद्युत्तीय माध्यमबाट सहजीकरण गर्ने राष्ट्र बैकले जारी गरेको नीतिमा उल्लेख छ ।