कायाकैरन साताका तस्बिर

कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो मात्राको अक्स्फोर्ड एस्ट्राजेनेका खोप लगाउन भरतपुर-१० स्थित मातृशिशु क्लिनिक परिसरमा पालो पर्खिरहेका लक्षित समूह । २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म पहिलो मात्रा लगाएका उनीहरूले चार महिना पछि बल्ल दोस्रो मात्रा पाएका हुन् ।

भरतपुर महानगरपालिकाको वडा नं देवनगरका महिलाहरू घाँसको भारी घर लैजाँदै ।

भरतपुर महानगरपालिकाको वडा नं ६ देवनगरस्थित जंगलको एउटा रुखको बोक्रा उप्किएको भागमा बनाइएको चित्र ।

चितवनको बीसहजारी तालमा तालमा जम्मा भएको जलकुम्बी निकालिँदै । चितवनको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा चिनिएको सो ताल घुम्न आउनेको संख्यामा कोरोना महामारीका कारण कमी आएको छ ।

गोन्द्राङ नारायणघाट सडखण्डको ममर्तका लागि रिजाल चोक नजिकै थुपारिएका ढुंगाले बनेको पहाड ।

कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो मात्राको अक्स्फोर्ड एस्ट्राजेनेका खोप लगाउन भरतपुर-४ दुर्गा चोकस्थित खोप केन्द्रमा पालो पर्खिरहेका लक्षित समूह । २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म पहिलो मात्रा लगाएका उनीहरूले चार महिना पछि बल्ल दोस्रो मात्रा पाएका हुन् ।

मास्क अभियान अन्तर्गत नारायणघाटको शहीद चोकमा कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरौं भन्ने खालका चेतनामूलक प्लेकार्ड बोकी उभिएका सुरक्षाकर्मी तथा स्वयंसेवी ।

तस्बिर : निशा श्रेष्ठ, लेखराम सापकोटा, विनोदबाबु रिजाल र शिव गौतम ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट