भरतपुर, ३० साउन ।
सरकारले प्राप्त गर्ने सबै राजस्व अब विद्युत्तीय भुक्तानीमार्फत् हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
सरकारले प्राप्त हुने सबै क्षेत्रका राजश्व विद्युत्तीय माध्यमबाट सहजीकरण गर्ने राष्ट्र बैकले जारी गरेको नीतिमा उल्लेख छ ।





