नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ३० साउन ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

यसअघि शुक्रबार अपराह्न माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको हो ।

शुक्रबारको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखापरेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी प्रचण्डलाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library