भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी

भरतपुर,३० साउन ।

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library