माओवादी केन्द्र भरतपुर-१ को वडा भेला

भरतपुर, ३० साउन ।
नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर १ को पार्टी भेला सम्पन्न भएको छ । केन्द्रका वडाध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा वडा कमिटीलाई पुनर्गठन गर्दै विभिन्न पार्टीमा आवद्ध कुल १०२ जनालाई पार्टी प्रवेश गराइएको छ ।

प्रमुख अतिथि रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले सबैलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराइन् । पार्टीका सदस्यहरूलाई सदैव मुलुकको विकास र समृद्धिमा विचलित नभइकन लागिरहन नगरप्रमुख दाहालले आग्रह गरिन् ।

आफ्नो कार्यकालमा परिवर्तन र समृद्धिको आन्दोलनमा ऐक्यबद्धता दिँदै सद्भाव र सहयोग पुर्‍याउनेहरूलाई सम्मानस्वरुप कदरपत्र र खादा लगाएर सम्मान गरिएको पार्टीका वडा कमिटी अध्यक्ष आचार्यले बताए ।

वडा भेलाबाट रुद्रहरि भण्डारीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्माण भएको छ । कमिटीको सचिवमा ठाकुर न्यौपाने रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार, बागमती प्रदेश सभासद घनश्याम दाहाल, भरतपुर नगर कमिटी अध्यक्ष ईश्वर सापकोटालगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट