चितवनका अस्पताल र आइसोलेसन केन्द्रमा २३२ जना संक्रमित

भरतपुर, ३० श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २३२ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ९२ जना, एचडीयू कक्षमा ४८ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ९२ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ३० जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ८८, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ६९, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा २३ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १२ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि २८ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ८३७ वटा शय्या छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ३ जना, कालिका नगरपालिका केन्द्रमा ४ जना तथा खैरहनी नगरपालिका केन्द्रमा ३ जना संक्रमित राखिएका छन् । यस्तै माडी केन्द्रमा पनि २ जना संक्रमित छन् । अन्य स्थानीय तहका आइशोलेसन केन्द्रमा भने संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार एक जनाको भरतपुर अस्पतालमा तथा अन्य एकको चितवन मेडिकल कलेज शिक्षण अस्प्तालमा मृत्यु भएको हो । मृतक सबै चितवनका भएको कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट