वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल

काठमाडौँ, २२ असोज । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए । सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि […]
सरकार र डा. केसी पक्षको वार्ता शुक्रबार पुनः बस्ने गरी सकियो

काठमाडौँ, २२ असोज । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता आज (बिहीबार)का लागि सकिएको छ । शुक्रबार पुनः बस्ने गरी आजका लागि वार्ता सकिएको डा. केसीका तर्फबाट वार्तामा सहभागी एक जना सदस्यले जानकारी दिए । सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो । […]
विश्वका कुन शहरमा कहिले दशैं टीका ?

काठमाडौँ, २२ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसवर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०:३५, अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा बिहान […]
चिकित्सा शिक्षा आयोगले गर्यो पिजी परीक्षा स्थगित

काठमाडौँ, २२ असोज । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ । आयोगका प्रवक्ता डिल्लीराम लुईटेलका अनुसार परीक्षा स्थगितको सूचना आयोगको वेभसाइटमा राख्ने काम हुँदैछ । ‘सम्मानित अदालतको आदेश अनुसार परीक्षा स्थगित गरेका हौं’ उनले भने । परीक्षाका […]
साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थप

काठमाडौँ, २२ असोज । साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा ३७ जना थपेको छ । पार्टीको केन्द्रीय कमिटीको आकार अब ६५ सदस्यीय भएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलत: युवाहरू रहेका छन्। गत […]
साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई

स्कटहोम– सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लुक येल युनिभर्सिटीकी प्राध्यापकसमेत हुन् । उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी महिलासमेत बनेकी छन् । उनी अहिलेसम्मको इतिहासमै नोबेल पुरस्कार प्राप्त गर्ने १६औं महिला हुन् । आफू नोबेल पुरस्कारबाट पुरस्कृत हुने थाहा […]
आइपिएलमा आज हैदराबाद र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

भरतपुर, २२ असोज । इण्डियन प्रिमियर लिगमा आज राति किंग्स इलवेन पञ्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताको अंकतालिकामा हैदराबाद छैटौँ स्थानमा छ भने पञ्जाब पुच्छरमा रहेको छ । पाँच खेल खेलेको हैदराबादको दुई जीत र तीन हारसहित ४ […]
साझा पार्टी पुनर्गठनः चितवनका संयोजक बस्नेत केन्द्रीय सदस्यमा मनोनित

भरतपुर, २२ असोज । साझा पार्टी चितवनका संयोजक रहेका भूपेन्द्र बस्नेत पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको जनाएको छ । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने […]
नेपालमा एकै दिन थपिए ४ हजार ३६४ संक्रमित

भरतपुर, २२ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । यो हालसम्म नेपालमा एकै दिनमा थपिएका संक्रमितको सर्वाधिक संख्या हो । थपिएका संक्रमितसँगै नेपालमा […]
लगातार मरिरहे गैंडा

नवलपुर, २२ असाेज । नारायणी नदीमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा गैंडा मृत फेला परेको हो । निकुञ्ज प्रशासनकाे डुङ्गा गस्ती टोलीले बुधबार अपरान्ह एक वयस्क गैंडा मृत अबस्थामा फेला पारेको हो । निकुञ्जको गजग्राह पोष्ट नजिक […]
तस्बिर पनि रोइरहन्छ भित्तामा हरदम

गजल तस्बिर पनि रोइरहन्छ भित्तामा हरदम मानौं रोएकी छौ तिमी तकियामा हरदम अरु कोही छैन सत्य तिमी मात्रै अटेकी छौ नपत्याए हेर त यो मेरो आँखामा हरदम विश्वास र भरोसाको संस्कार पनि यसरी पतन भैरहेछ अचेल हाम्रो मायामा हरदम वर्षौंदेखि तड्पिँदै यसरी उभिएको छ ऊ कुन्नी के के खोज्दै छ बुख्याँचामा हरदम तिमी नभए पनि […]
कोलकत्ता विरुद्ध चुक्यो चेन्नई

भरतपुर, २२ असोज । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत बुधबार राति खेलिएको खेलमा कोलकत्ता नाइट राइडर्सले जीत हात पारेको छ । उसले चेन्नई सुपर किंग्सलाई १० रनको अन्तरले हराएको हो । कोलकत्ताले दिएको १६८ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । ओपनर शेन […]