लगातार मरिरहे गैंडा

नवलपुर, २२ असाेज ।

नारायणी नदीमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा गैंडा मृत फेला परेको हो ।

निकुञ्ज प्रशासनकाे डुङ्गा गस्ती टोलीले बुधबार अपरान्ह एक वयस्क गैंडा मृत अबस्थामा फेला पारेको हो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुवेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारेव रामले बताए । केही दिन अघि मात्रै साैराहा सेक्टरमा र त्रिवेणीमा एक एकवटा गैंडा प्राकृतिक कारणले मरेका थिए । पछिल्लो एक सातामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । उक्त तिनवटा मध्ये २ वटा नारायणी नदीमै डुवेर मृत्युकाे शिकार भएका छन् । यो आर्थिक वर्षमा मात्र ८ वटा गैंडाकाे मृत्यु भैसकेकाे छ ।
विज्ञहरुका अनुसार भेलाैजी घाटदेखि तल पानीकाे वहाव एकदमै ठूलाे तथा दुवैतर्फ चुरे पहाड भएकाे हुँदा माथिवाट बग्दै तल पुगेका अधिकांश गैंडाहरु डुवेर मर्ने गरेका छन् । तैरिएर उत्रन सफल भएकाहरु भने भारतकाे उत्तरविहारस्थित वाल्मीकि टाईगर रिजर्भकाे जंगल पुग्ने गरेकाे विगतमा देखिएकाे छ ।

नारायणी नदीका किनाराहरुमा जनताकाे तटवन्ध नामक परियोजना सञ्चालनमा छ । यसकाे कारण वग्दै गरेका गैंडाहरु सहजै निस्कन सक्दैनन् । उचित घाँसेमैदानकाे कारण खाद्यान्नकाे अभाव, राेग र बाढिका कारण एकसिंगे गैंडा वचाउन चुनाैति थपिएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट