नारायणी महोत्सव ५८ वटा सीसीटीभी क्यामेराको निगरानीमा

चितवन, ९ मङ्सिर ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ लाई ५८ वटा सीसीटीभी क्यामेराबाट निगरानी गरिएको छ ।

महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन अत्याधुनिक प्रविधिसहितका क्यामेरा जडान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा आउने दर्शक तथा आगन्तुकको सुरक्षा र गतिविधि निगरानी गर्न जडान गरिएका क्यामेराले परिसरका विभिन्न क्षेत्रलाई निरन्तर निगरानी गरिरहेका छन् ।
क्यामेरा जडानको जिम्मेवारी जर्मन आईटी सोलुसनले लिएको हो । हिकभिजनको आधिकारिक विक्रेता उक्त कम्पनीले चितवनमा आयोजना हुने अधिकांश ठूला महोत्सवमा सीसीटीभी जडान गर्दै आएको छ । क्यामेरा जडान तथा व्यवस्थापनमा भायानेटले समेत सहकार्य गरेको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा विभिन्न व्यावसायिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड तथा पिरामिड गेट आकर्षणका रूपमा रहेका छन् । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट