चिकित्सा शिक्षा आयोगले गर्‍यो पिजी परीक्षा स्थगित

काठमाडौँ, २२ असोज ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ ।

आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलका अनुसार परीक्षा स्थगितको सूचना आयोगको वेभसाइटमा राख्ने काम हुँदैछ ।

‘सम्मानित अदालतको आदेश अनुसार परीक्षा स्थगित गरेका हौं’ उनले भने ।

परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन् ।

आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो । तर अब अदालतको आदेशपछि उक्त मितिमा परीक्षा नहुने भएको हो ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो ।

आयोगले एमडि र एमएस, एमडिएस, एमपिएच, एमपिएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट