काठमाडौँ, २२ असोज ।
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो ।
पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए । सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो ।
पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।
निगममा पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए । अब उनी अध्यक्षको भूमिकामा रहनेछन् ।
यसैगरी मन्त्रिपरिषदको बैठकले लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ । काठमाडौँका शाक्य बुद्धिजममा स्नातकोत्तर हुन् ।





