सरकार र डा. केसी पक्षको वार्ता शुक्रबार पुनः बस्ने गरी सकियो

काठमाडौँ, २२ असोज ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता आज (बिहीबार)का लागि सकिएको छ । शुक्रबार पुनः बस्ने गरी आजका लागि वार्ता सकिएको डा. केसीका तर्फबाट वार्तामा सहभागी एक जना सदस्यले जानकारी दिए ।

सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो । छलफलले डा. केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ । तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको ती सदस्यले बताए ।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा र डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो ।

बिहीबार दिउँसो केही बेर ब्रेक गरी वार्ता जारी राखिएको थियो । बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै शुक्रबार पुन: बस्ने गरी वार्ता सकिएको बताइएको छ ।

डा. केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट