तस्बिर पनि रोइरहन्छ भित्तामा हरदम

गजल

तस्बिर पनि रोइरहन्छ भित्तामा हरदम
मानौं रोएकी छौ तिमी तकियामा हरदम

अरु कोही छैन सत्य तिमी मात्रै अटेकी छौ
नपत्याए हेर त यो मेरो आँखामा हरदम

विश्वास र भरोसाको संस्कार पनि यसरी
पतन भैरहेछ अचेल हाम्रो मायामा हरदम

वर्षौंदेखि तड्पिँदै यसरी उभिएको छ ऊ
कुन्नी के के खोज्दै छ बुख्याँचामा हरदम

तिमी नभए पनि त आएर तिम्रो सम्झना
ठोक्किइरहन्छ यो मेरा पैतालामा हरदम

छोडेर गयौ भने कुनैदिन मेरो यो दिलबाट
खोज्नेछु तिमीलाई हरियो ऐनामा हरदम

जति नै फेरियुन् यी ऋतु र यामहरु यहाँ
फुलिरहोस् यो पुष्प दुनियाँमा हरदम ।।

भरतपुर, चितवन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट