शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू भरतपुर, १८ भदौ । ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले भोलि कर्फ्यू आदेश जारी गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले शुक्रबार बिहान […]

कोरियामा १८ नेपालीमा कोरोना

सउल, १८ भदौ(रासस) दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा […]

वाग्मती प्रदेशको शिक्षा नीति आउँँदै

हेटौँडा, १८ भदौ वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिको मस्यौदामा नागरिकस्तरमा छलफल हुन थालेको छ । शिक्षा अधिकार अनुगमन समिति ९एजुकेशन वाच ग्रुप० ले […]

चितवनमा प्लाज्मा संकलन सुरु, जटिल संक्रमितको उपचारमा आजै प्रयोग गरिने

भरतपुर, १८ भदौ कोरोना संक्रमणबाट जटिल समस्या भोगेकालाई प्लाज्मा थेरापी निकै उपयोगी मानिएको छ । एकपटक कोरोना नै लागेर त्यसलाई जितेका व्यक्तिको शरीरबाट झिकिएको रगतबाट छुट्याइएको प्लाज्मा कोरोना भाइरसका सक्रिय संक्रमितलाई चढाएर गरिने उपचार विधि प्लाज्मा थेरापी हो । त्यसका लागि सबैभन्दा पहिले त कोरोना जितेका व्यक्ति रगत दिन तयार हुनुप¥यो । चितवनमा पनि यो […]

मच्छिन्द्रनाथको रथयात्रा : अब के होला ? बिहीबारै रथ तान्न किन जोड गरे स्थानीयले ?

काठमाडौं- काठमाडौं उपत्यकामा तेस्रो पटक थप भएको निषेधाज्ञा तोड्दै रातो मच्छिद्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो । बाजागाजासहित उपस्थित स्थानीयले करिब २० फिट जति रथ तान्दानतान्दै उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फाहोराले तितरबितर पारेको थियो । प्रर्दशनकारीले प्रहरीलाई ढुंगा र काठ पनि हानेका थिए । अहिले प्रहरीले पुल्चोकमा रहेको रातो मच्छिद्रनाथको रथलाई सुरक्षा दिएर […]

बकुलहर अस्पताललाई प्रदेश सरकारले पिसिआर मेसिन दिने

  भरतपुर, १८ भदौ । बागमती प्रदेश सरकारले चितवनको बकुलहर रत्ननगर अस्पताललाई कोरोना परिक्षण गर्ने मेसिन उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद बैठकले रत्ननगर अस्पताललाई पिसिआर मेसिन दिने निर्णय गरेको हो । बैठकले पिसिआर मेसिन सहित त्यसको व्यवस्थापन र संचालनका तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रुपैयाँ समेत दिने निर्णय गरेको […]

भरतपुर अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

भरतपुर, १८ भदौ । भरतपुर अस्पतालमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार चितवन जिल्ला राप्ती नगरपालिका ९ की ३५ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ५ः१० बजे मृत्यु भएको हो । मृतक महिलाको मिर्गौला विगत ३ महिनादेखि काम नलाग्ने भएको र निजले डायलाइसिस गराइरहेको अस्पतालले बताएको छ । […]

गैंडाकोटका कोरोना संक्रमितको मृत्यु

भरतपुर, १८ भदौ । नवलपुर जिल्ला गैंडाकोट नगरपालिकाका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो २ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्साले जानकारी दिए । गैंडाकोट नगरपालिका वडा नं ५ का अध्यक्ष नवराज कँडेलले मृतक सोही वडाका निवासी भएको कायाकैरनलाई […]

मुलुकभर ४२ हजार ८७७ पुगे कोरोना संक्रमित

भरतपुर , १८ भदौ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना […]

पछिल्लो २४ घण्टामा सर्वाधिक १२२८ संक्रमित थपिए, ९१७ जना रोगमुक्त

भरतपुर, १८ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितमध्ये ३९४ जना महिला हुन् भने बाँकी ८३४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । […]

एसिड आक्रमणविरुद्ध कडा दण्डसहित अध्यादेश ल्याउँदै सरकार

भरतपुर, १८ भदौ एसिड आक्रमणबाट पीडित भएकाहरुको अधिकार सुनिश्चित गर्न र आक्रमणकारीहरुलाई कडा दण्डको व्यवस्था गर्न सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुलाई यही भदौ २५ गते बालुवाटारमा भेला गराउने र त्यही भेलामा अध्यादेशमा समावेश गरिएका महत्वपूर्ण प्रावधानबारे औपचारिकरुपमा जानकारी दिने तयारी गरेका छन् । एसिड आक्रमणबाट […]

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरू र प्रहरीबीच झडप

भरतपुर, १८ भदौ । ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरू र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्रा बारेमा सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केही बेर झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर […]

लकडाउनमा घर भित्रै बसेका कलाकार शर्माका झन् धेरै चित्र

गैंडाकोट, १८ भदौ । चित्रकार भीम शर्मा यतिबेला गैंडाकोटस्थित घरमै व्यस्त छन् । उनको घरभरी चित्र टाँगिएका छन् । त्यै पनि उनलाई फुर्सद छैन । उनी रातदिन चित्र बनाइरहन्छन् । चित्रकै सामुन्ने आराम गर्छन्, निद्रा लागे छेउमै सुत्छन् । शर्मा भन्छन् – अब त चित्रबाट टाढा भाग्नै सकिन्न । शर्माले व्यावसायिकरुपमा चित्र कोर्न थालेको ३७ […]

चितवनमा थप १५ जनामा कोरोना पुष्टि

भरतपुर, १८ भदौ चितवनमा बिहिबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बुधबार हिजो गरिएको परिक्षणमा चितवनका १५ सहित १८ जनामा कोरोना पुष्टि भएको हो । चितवन मेडिकल कलेजले बिहिबार सार्वजनिक गरेको रिपोर्टमा चितवनमा संक्रमण देखिएका सबै भरतपुर महानगरपालिकाका हुन् । संक्रमित हुनेहरुमा महानगरपालिका वडा नम्बर १ का १ जना, […]

कोरोना संक्रमित हुने १० वर्ष मुनिका बालबालिकाको संख्या १ हजार ५ सय नाघ्यो

भरतपुर, १८ भदौ नेपालमा कोरोना भाइरसबाट संक्रमित १० वर्ष मुनिका बालबालिकाको संख्या १ हजार ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबार बेलुकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् । तीमध्ये ६ सय १४ जना बालिका छन् भने […]

बासँगका कुरा ( कविता )

बासँगका कुरा जोडी मिलाउन के के हेर्नुपर्छ है बा ! उमेर हेर्नुपर्छ, जात हेर्नुपर्छ भात हेर्नुपर्छ, धर्म हेर्नुपर्छ आर्थिक अवस्था हेर्नुपर्छ दूरी हेर्नुपर्छ, रङ्ग हेर्नुपर्छ उचाई हेर्नुपर्छ, मोटाई हेर्नुपर्छ तीन/तीन पुस्ताको चरित्र हेर्नुपर्छ सकेसम्म अल्ली खान्दानी पैसावाला हेर्नुपर्छ है बा ! फेरि चिना हेर्नुपर्छ ग्रह हेर्नुपर्छ, नाम हेर्नुपर्छ राशी हेर्नुपर्छ, गुण हेर्नुपर्छ गण हेर्नुपर्छ ओहो […]

नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदका लागि आवेदन खुल्ला

भरतपुर, १८ भाद्र । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक मागेको छ । टोलीमा लामो समयदेखि प्रशिक्षकको पद खाली रहँदै आएको छ । उमेश पटवालले गत माघ महिनामा राजिनामा दिएयता यो पद खाली रहेको छ । क्यानले राष्ट्रिय दैनिक दि काठमाण्डु पोष्टमा बिहीबार एक विज्ञापन मार्फत […]

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर, १८ भदौ चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ । चितवन मेडिकल कलेजमा उपचारत भरतपुर-११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । भेन्टिलेटरमा उपचारको क्रममा उनको […]

वीरगञ्जमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ११० जनामा कोरोना पुष्टि

  भरतपुर, १८ भदौ । पर्सा, बारा र रौतहट जिल्लाका गरी थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका ११० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । संक्रमण देखिनेमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना रहेका छन् । […]