बासँगका कुरा
जोडी मिलाउन के के हेर्नुपर्छ है बा !
उमेर हेर्नुपर्छ, जात हेर्नुपर्छ
भात हेर्नुपर्छ, धर्म हेर्नुपर्छ
आर्थिक अवस्था हेर्नुपर्छ
दूरी हेर्नुपर्छ, रङ्ग हेर्नुपर्छ
उचाई हेर्नुपर्छ, मोटाई हेर्नुपर्छ
तीन/तीन पुस्ताको चरित्र हेर्नुपर्छ
सकेसम्म अल्ली खान्दानी
पैसावाला हेर्नुपर्छ है बा !
फेरि चिना हेर्नुपर्छ
ग्रह हेर्नुपर्छ, नाम हेर्नुपर्छ
राशी हेर्नुपर्छ, गुण हेर्नुपर्छ
गण हेर्नुपर्छ ओहो
हो हो
के के हेर्नुपर्छ पर्छ है बा !
प्रेम गरेर गर्नेले
यी कुराहरु नहेर्ने भयर
अन्धो प्रेम भन्या होला है बा !
हजुरहरुले हेर्ने यी सबै
चिजहरुमा मन हेर्नुपर्दैन र
बा ?
विचार हेर्नुपर्दैनर बा ?
एक अर्काको सोच र भविस्यका योजना
हेर्नुपर्दैन र बा ?
आजको पुँजीबादी आधुनिक
युगमा पनि बिहे गरेर सन्तान जन्माउने
एक छोरो त अनिवार्य
यतिले मात्र जीवन चल्छ र
सन्तुष्टि मिल्छ र बा ?
शिवराज नगरपालिका-२ कपिलवस्तु




