भरतपुर, १८ भदौ ।
पर्सा, बारा र रौतहट जिल्लाका गरी थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका ११० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
संक्रमण देखिनेमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना रहेका छन् । कुल ५७६ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण देखिनेमा डेढ वर्षका नाबालकदेखि ८० वर्षका वृद्ध समेत रहेका छन् । पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९ जना, कालिकामाइ गाउँपालिका–२ का चार जना, बहुदरमाई नगरपालिकाका पाँच जना, पर्सागढी नगरपालिकाका सात जना र पोखरिया नगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडाका २४ जना र रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ का १७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।





