मुलुकभर ४२ हजार ८७७ पुगे कोरोना संक्रमित

भरतपुर , १८ भदौ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ ।

हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन् । १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन् ।

१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन् । योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट