भरतपुर, १८ भदौ
नेपालमा कोरोना भाइरसबाट संक्रमित १० वर्ष मुनिका बालबालिकाको संख्या १ हजार ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबार बेलुकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् ।
तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् ।
त्यस्तै प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन् ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, दोलखा, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १६ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।
१० वर्ष मुनिका संक्रमित बालबालिका:
कुन जिल्लामा कति ?
प्रदेश १
– खोटाङमा १ बालक
– इलाममा १ बालक
– झापामा २ बालिका र ६ बालक
– मोरङमा २६ बालिका र २७ बालक
– सुनसरीमा ८ बालिका र १२ बालक
– उदयपुरमा २ बालिका
प्रदेश २
– सप्तरीमा ११ बालिका र २० बालक
– सिरहामा २ बालिका र २ बालक
– धनुषामा १३ बालिका र ३३ बालक
– महोत्तरीमा ५ बालिका २० बालक
– सर्लाहीमा २२ बालिका र २७ बालक
– रौतहटमा २२ बालिका र ३६ बालक
– बारामा ८ बालिका र १२ बालक
– पर्सामा २७ बालिका र ३२ बालक
बाग्मती प्रदेश
– सिन्धुपाल्चोकमा १ बालिका र १ बालक
– धादिङमा ५ बालक
– नुवाकोटमा १ बालिका र १ बालक
– काठमाडौंमा ५७ बालिका र ७७ बालक
– भक्तपुरमा २ बालिका र १४ बालक
– ललितपुरमा ९ बालिका २४ बालक
– काभ्रेपलान्चोकमा २ बालिका र ३ बालक
– सिन्धुली १ बालिका र १ बालक
– मकवानपुरमा ४ बालिका र ५ बालक
– चितवनमा ८ बालिका र १० बालक
गण्डकी प्रदेश
– गोरखामा २ बालिका र ४ बालक
– म्याग्दीमा १ बालिका १ बालक
– कास्कीमा २ बालिका
– लमजुङमा ३ बालिका र ५ बालक
– तनहुँमा २ बालिका र ४ बालक
– नवलपरासी पूर्वमा ३ बालिका ८ बालक
– स्याङ्जामा ४ बालिका र १० बालक
– पर्वतमा ३ बालक
– बाग्लुङमा १ बालिका र ३ बालक
प्रदेश ५
– रोल्पामा १ बालिका र १ बालक
– प्युठानमा ९ बालिका र २ बालक
– गुल्मीमा १० बालिका र ८ बालक
– अर्घाखाँचीमा ७ बालिका र ९ बालक
– पाल्पामा ४ बालिका र ५ बालक
– नवलपरासी पश्चिममा ४ बालिका र ४ बालक
– रुपन्देहीमा २० बालिका र १८ बालक
– कपिलवस्तुमा १४ बालिका र १७ बालक
– दाङमा १४ बालिका र ७ बालक
– बाँकेमा १९ बालिका र १७ बालक
– बर्दियामा ४ बालिका र ४ बालक
कर्णाली प्रदेश
– मुगुमा १ जना बालक
– जुम्लामा १ बालिका र १ बालक
– कालिकोटमा २ बालिका र ५ बालक
– दैलेखमा ८ बालिका र ३२ बालक
– जाजरकोटमा १ बालिका र १ बालक
– रुकुम पश्चिममा १ बालिका र १ बालक
– सल्यानमा १ बालिका र ४ बालक
– सुर्खेतमा १८ बालिका र १७ बालक
सुदूरपश्चिम प्रदेश
– बाजुरामा ३२ बालिका र ३२ बालक
– बझाङमा २१ बालिका र ३८ बालक
– दार्चुलामा १ जना बालक
– बैतडीमा ८ बालिका र १२ बालक
– डडेल्धुरामा ६ बालिका र १२ बालक
– डोटीमा ५५ बालिका र ७५ बालक
– अछाममा ३० बालिका र ६३ बालक
– कैलालीमा ५२ बालिका र ७७ बालक
– कञ्चनपुरमा १० बालिका र १६ बालक





