बकुलहर अस्पताललाई प्रदेश सरकारले पिसिआर मेसिन दिने

 

भरतपुर, १८ भदौ ।

बागमती प्रदेश सरकारले चितवनको बकुलहर रत्ननगर अस्पताललाई कोरोना परिक्षण गर्ने मेसिन उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद बैठकले रत्ननगर अस्पताललाई पिसिआर मेसिन दिने निर्णय गरेको हो ।

बैठकले पिसिआर मेसिन सहित त्यसको व्यवस्थापन र संचालनका तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रुपैयाँ समेत दिने निर्णय गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको छ । पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पिसिआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापनका लागि माग गरेका थिए ।

त्यस्तै भरतपुर महानगरलाई कोरोना नियन्त्रणका एक करोड रुपैयाँ समेत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको कृषि मन्त्री लामाले कायाकैरनलाई बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट