नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदका लागि आवेदन खुल्ला

भरतपुर, १८ भाद्र ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक मागेको छ । टोलीमा लामो समयदेखि प्रशिक्षकको पद खाली रहँदै आएको छ ।

उमेश पटवालले गत माघ महिनामा राजिनामा दिएयता यो पद खाली रहेको छ । क्यानले राष्ट्रिय दैनिक दि काठमाण्डु पोष्टमा बिहीबार एक विज्ञापन मार्फत सातै प्रदेशमा पनि एक(एक जना प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

त्यस्तै, क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापक पदको लागि दरखास्त आह्वान गरेको छ । क्यानले इच्छुकलाई आउँदो सेप्टेम्बर २३ (आश्विन ७) सम्ममा आवेदन पेश गरिसक्नुपर्ने समेत जानकारी गराएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट