शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

भरतपुर, १८ भदौ ।
ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ ।

बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले भोलि कर्फ्यू आदेश जारी गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको बताए ।

उनका अनुसार बल्खु पुलदेखि मनहरा पुलसम्मको क्षेत्र र ललितपुर महानगरपालिकाको चक्रपथ भित्रको क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाइएको हो ।

कर्फ्यूको समयमा आवत-जावत गर्न, भेला हुन र जुलुस निकाल्न रोक लगाइएको उनले बताए ।

यद्यपी स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा रोक लाग्ने छैन । त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट