भरतपुर, १८ भदौ
चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ ।
चितवन मेडिकल कलेजमा उपचारत भरतपुर-११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२.२३ मा मृत्यु भएको उनले बताए ।
कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भएको छ ।





