आज मात्रै १० जनामा कोरोना संक्रमण, संक्रमित ४१ पुगे

काठमाडौं, ९ वैशाख उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी […]
कोरोना अस्पताललाई लायन्स क्लवले दियो सेनिटाइजिङ् मेसीन

भरतपुर, ९ वैशाख लायन्स क्वल अफ इन्टरनेशनल ३ सय २५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालमा स्वाचालित स्यानीटाइजिङ मेसीन जडान गरेको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसीनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ । क्लवले २ लाख रुपैयाँको लागतमा अस्पतालमा सेनिटाइजिङ् मेसीन […]
विश्वसनीयतामा प्रश्न उठेपछि भारतमा बन्द गरियो र्यापिड टेस्ट

नयाँ दिल्ली, ९ वैशाख भारतमा र्यापिड टेस्टबाट काेराेना भाइरसकाे परीक्षणमा राेक लगाइएकाे छ। केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरकाे तर्फबाट मंगलबार भएकाे संयुक्त पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्ट किटबाट काेराेना परीक्षणमा राेक लगाएकाे जानकारी गराइएकाे हाे। आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिइएको परीक्षणमा नतिजा फरक-फरक आएपछि यसकाे […]
खैरहनीका थप २६ जनाको आरडीटी नेगेटिभ

खारहनी, ९ वैशाख चितवनको खैरहनी नगरपालिकामा थप २६ जनाको र्यापिड डाईग्नोटिष्ट टेष्ट (आरडीटी) नेगेटिभ आएको छ । सोमवार १० जना र मंगलवार १६ जनाको आरडिटी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सवै जनाको रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । विदेशबाट आएकाहरुको तथ्यांकमा उनीहरुको नाम समावेश थिएन । नगरपालिकाले वडा कार्यालय हुँदै […]
चितवनका संक्रमितले २२ घरका ४२ जनालाई भेटेर गाउँमा चकलेट बाँडेका थिए

विप्लव काफ्ले भरतपुर, ९ बैशाख चितवनमा कोरोनाको संक्रमण पुष्टि भएका २ व्यक्तिको २२ घरका ४२ जनासँग सम्पर्क भएको खुलेको छ । राप्ती–८ का वडाध्यक्ष बुद्धिराज थपलियाले २२ घरका सदस्य संक्रमित व्यक्तिको सम्पर्कमा आएको प्रारम्भिक अध्ययनले देखाएको बताए । “छिमेकीहरु चकलेट खाएका थियौँ भन्दै आउन थालेका छन्, थपिने क्रम छ”, उनले भने, “हालसम्म ४२ जनाको नाम […]
लकडाउनसँगै आएको असिनापानी किसानका लागि अभिशाप

ध्रुवराज खनाल भरतपुर, ९ वैशाख लकडाउनको समस्या झेल्दै आएका चितवनका किसानहरु लगातार तीन दिनदेखि हावाहुरी र असिनापानीका कारण मर्कामा परेका छन् । किसानले उत्पादन गरेको अन्नवाली, तरकारीवाली, केराखेतीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएपछि किसान मर्कामा परेका हुन् । तीन दिन यता जिल्लामा फरक-फरक स्थानमा भीषण हावाहुरी र असिनापानी परिरहेको छ । त्यसको प्रत्यक्ष असर भने […]
प्रेस युनियन चितवनको पत्रकार राहत कोषमा दन्त चिकित्सक दम्पतीको सहयोग

भरतपुर, ९ बैशाख दन्त चिकित्सक दम्पतीले पत्रकार राहत कोषमा २० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल प्रेस युनियन चितवनले कोरोना संकटका बेला जिल्लाभित्रका पत्रकारलाई आइपर्ने संकटमा सहयोग गर्न मिल्ने गरी राहत कोष स्थापना गरेको थियो । नारायणगढमा रहेको साइराम डेण्टल केयरका प्रबन्ध निर्देशक डा. सरु थापा न्यौपाने र भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख […]
इजरायलमा भौतिक दूरी कायम गर्दै हजारौंको प्रदर्शन

काठमाडौं, ९ वैशाख इजरायलको तेल अभिभमा हजारौं प्रदर्शनकारीहरुले भौतिक दूरी कायम राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारको प्रजातन्त्रविरोधी कदमको विरोध गर्दै प्रदर्शनकारीहरुले तेल अभिभमा प्रदर्शन गरेका हुन् । आइतबार गरिएको प्रदर्शनमा दुई हजारभन्दा बढी मानिस सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरु दुई मिटरको दूरीमा बसेका थिए भने मास्क पनि लगाएका थिए । पछिल्लो समय […]
वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

काठमाडौं, ९ वैशाख(रासस) आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ […]
उदयपुरमा कोरोना संक्रमितको सम्पर्कमा रहेका थप ८ जनामा संक्रमण भएको आशंका

काठमाडौं, ९ फागुन उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ । कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको […]
लकडाउनमा के गर्दैछन् धुर्मुस ?

रंगशालाको काम चौपट लकडाउनको आज २९ औं दिन । कोरोना भाइरसको प्रसार रोक्न यतिखेर सारा नेपाली घरमै छन् । अत्यावश्यक कामबाहेक सबै बन्द छन् । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम प्रायः बन्दै छ । केही दिन अघिबाट आंशिक काम गरिए पनि मुख्य कामदारहरु कोही पनि फिल्डमा छैनन् । लकडाउनले गर्दा सामान्य जनजीवन […]
कावासोतीको क्वारेन्टाइनबाट तीन जना भागे

कावासोती, ९ वैशाख पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना भागेका छन् । कावासोती नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना युवालाई क्वारेन्टाइनमा राखिएको थियो । सोमबार दिउँसो क्वारेन्टाइनमा बसेका उनीहरु मंगलबार बिहान फरार भएको कावासोती नगरपालिका वडा नम्बर १ […]
आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

काठमाडौं, ९ वैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले यसबारे एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको […]