काठमाडौं, ९ वैशाख
उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको हो ।
उदयपुर जिल्लामा मात्र कोरोना भाइरस संक्रमितको संख्या २३ जना पुगेको छ। यसअघि उदयपुरमा १३ जना कोरोना संक्रमित भेटिएका थिए। उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएर पनि निको हुनेको संख्या ५ पुगेको छ। मंगलबार मात्र सेती प्रादेशिक अस्पतालबाट एक जना कोरोना संक्रमण नदेखिएपछि घर फर्किएका छन् ।





