कावासोतीको क्वारेन्टाइनबाट तीन जना भागे

कावासोती, ९ वैशाख
पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना भागेका छन् । कावासोती नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना युवालाई क्वारेन्टाइनमा राखिएको थियो । सोमबार दिउँसो क्वारेन्टाइनमा बसेका उनीहरु मंगलबार बिहान फरार भएको कावासोती नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नारायणप्रसाद पन्तले बताए ।

क्वारेन्टाइनको सुरक्षाको जिम्मा नगर प्रहरीलाई दिइएको छ। स्थानीयले नगर प्रहरी र जनप्रतिनिधिको लापरबाहीको कारण कवारेन्टाइनमा बसेका युवा भागेको भन्दै तत्काल खोजी गरेर स्वास्थ्य जाँच गर्न माग गरेका छन्।
फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत् व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दनियाले बताए।

कावासोती नगरपालिकामा हाल सम्म २० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। त्यसमध्ये ९ जना घर फर्किसकेका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट