उदयपुरमा कोरोना संक्रमितको सम्पर्कमा रहेका थप ८ जनामा संक्रमण भएको आशंका

काठमाडौं, ९ फागुन
उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो ।

कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछिमात्र थाहा हुने ती चिकित्सकले बताए ।
स्रोत-अनलाइनखबर डटकम

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट