खारहनी, ९ वैशाख
चितवनको खैरहनी नगरपालिकामा थप २६ जनाको र्यापिड डाईग्नोटिष्ट टेष्ट (आरडीटी) नेगेटिभ आएको छ । सोमवार १० जना र मंगलवार १६ जनाको आरडिटी परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा सवै जनाको रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । विदेशबाट आएकाहरुको तथ्यांकमा उनीहरुको नाम समावेश थिएन । नगरपालिकाले वडा कार्यालय हुँदै टोल विकास संस्था मार्फत विदेशबाट आउनेहरुको तथ्यांक लिईएको थियो ।
पहिलो चरणमा ८० जनाको परीक्षण गरिएकोमा किट अभावले तथ्यांकमा समावेश नभएकाहरुको परीक्षण भएको थिएन । स्वास्थ्य कार्यालय चितवनबाट प्राप्त किटले विदेशबाट आएकाहरुको परीक्षण गरिएको हो । पहिलो चरणमा परीक्षण गराएका सवैको आरडीटी रिपोर्ट नेगेटिभनै आएको थियो ।





