प्रेस युनियन चितवनको पत्रकार राहत कोषमा दन्त चिकित्सक दम्पतीको सहयोग

भरतपुर, ९ बैशाख
दन्त चिकित्सक दम्पतीले पत्रकार राहत कोषमा २० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल प्रेस युनियन चितवनले कोरोना संकटका बेला जिल्लाभित्रका पत्रकारलाई आइपर्ने संकटमा सहयोग गर्न मिल्ने गरी राहत कोष स्थापना गरेको थियो ।

नारायणगढमा रहेको साइराम डेण्टल केयरका प्रबन्ध निर्देशक डा. सरु थापा न्यौपाने र भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख डा. अजय न्यौपानेले राहत कोषका लागि सहयोग गरेका हुन् । युनियनका अध्यक्ष अनिल ढकाललाई सो रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष ढकालले लकडाउनका कारण पत्रकारले अनेक समस्या झेल्नु परेको बताउँदै पत्रकारलाई परेका सबैखाले समस्या समाधानका लागि राहत कोषको रकम प्रयोग हुने बताए ।

उनले राहत कोषमा सहयोग गर्न अपील समेत गरेका छन् । समस्यामा परेका पत्रकारले युनियनको पदाधिकारीलाई जानकारी गराउन सक्नेछन् । सहयोग लिने पत्रकारको नाम गोप्य राखिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट