विश्वसनीयतामा प्रश्न उठेपछि भारतमा बन्द गरियो र्‍यापिड टेस्ट

नयाँ दिल्ली, ९ वैशाख
भारतमा र्‍यापिड टेस्टबाट काेराेना भाइरसकाे परीक्षणमा राेक लगाइएकाे छ। केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरकाे तर्फबाट मंगलबार भएकाे संयुक्त पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्‍यापिड टेस्ट किटबाट काेराेना परीक्षणमा राेक लगाएकाे जानकारी गराइएकाे हाे।

आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्‍यापिड टेस्ट किटबाट लिइएको परीक्षणमा नतिजा फरक-फरक आएपछि यसकाे विश्वसनीयतामा प्रश्न उठेकाे बताए। उनले यसलाई ध्यानमा राख्दै आईसीएमआरले ती राज्यमा आफ्नो टोली पठाउन लागेकाे बताए। साथै उनले आगामी दुई दिनका लागि र्‍यापिड टेस्ट नगर्न भनिएकाे जानकारी गराए।

उनका अनुसार गहन छानबिन पछि आईसीएमआरले परीक्षणका लागि निर्देश जारी गर्ने छ। डा गंगाखेडकरले हालसम्म देशमा करोना भाइरसको ४ लाख ४९ हजार ८१० परीक्षण भएकाे बताए। हिजाे मात्रै ३५ हजार परीक्षण भएकाे थियाे।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पछिल्लाे २४ घन्टामा ७०५ जना निकाे भएकाे जानकारी दिए। देशमा अहिलेसम्म ३,२५२ बिरामी निकाे भएकाे उनले बताए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट