भरतपुर, ९ वैशाख
लायन्स क्वल अफ इन्टरनेशनल ३ सय २५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालमा स्वाचालित स्यानीटाइजिङ मेसीन जडान गरेको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसीनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ ।

क्लवले २ लाख रुपैयाँको लागतमा अस्पतालमा सेनिटाइजिङ् मेसीन जडान गरेको भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिए । मेसीन सँगै एक हजार लिटर सेनिजोल समेत उपलव्ध गराईएको छ ।
सो मेसिन आजै एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको उपस्थितिमा सो मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मेसिन हस्तान्तरण गर्दै क्लवका भाईस डिष्ट्रिक्ट गभर्नर भट्टले संकटको समयमा क्लव पनि सँगै छ भन्ने उद्देश्यल् यो मेसिन जडान गरिएको बताए । मानव स्वास्थ्यका लागि अहिलेको समयमा शरीर सेनिटाइजिङ् पनि आवश्यक रहेको भन्दै उनले यसको प्रयोगले एक जना व्यक्ति पाँच घण्टा सम्म सुरक्षित रहन सक्ने बताए ।

हस्तान्तरण समारोहमा बोल्दै प्रदेश सभा सदस्य बिजय सुवेदीले अबको समयमा शरीर सुरक्षित राख्नका लागि पनि यो आवश्यक रहेको बताए । यसको प्रयोगले बिरामी, चिकित्सक दुबैले सुरक्षित महसुस गर्ने बवश्वास व्यक्त गरे ।
मेसिन निर्माता कम्पनीकातर्फबाट मार्सल रोक्काकाअनुसार एक लिटर सेनिजोलले एक हजार दुई सय जनालाई काम गर्छ ।





