कोरोना सम्बन्धी सचेतता अपनाउन आग्रह

गैंडाकोट, २३ चैत गैंडाकोट नगरपालिका वडा नम्बर ५ को वडा सञ्जालले सम्पूर्ण वडाबासीलाई कोरोना भाइरसले महामारी फैलाइरहेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ । वडा सञ्जालका सचिव गोबिन्दप्रसाद पौडेलले आइतबार एक आग्रह जारी गर्दै सबै टोलबासीलाई सरकारको निर्देशनको पालना गर्न पनि आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै पौडेलले फोनबाट […]

सरकारी क्वारेनटाईन खाली,घरमै निगरानी

भरतपुर, २३ चैत चितवनका स्थानीय तहले निर्माण गरेको क्वारेनटाईन खाली अवस्थामा छ । जिल्लाको माडी नगरपालिका बाहेक अन्य पालिकाले तयारी अवस्थामा राखिएको भनिएका क्वारेनटाईन मान्छे नआएर खाली रहेको हो । माडी नगरपालिकाले बनाएको क्वारेनटाईनमा २२ जना वसेकोमा २१ जना समयावधि कटाएर घर फर्किएको नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । अव १ जना क्वारेनटाईनमा छन् […]

भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या

काठमाडाैं, २३ चैत भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ। उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो। गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्। चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जमातको विषयमा विवाद भएको थियो। विवादकै बीचका बहस गरिरहेका एक युवकले […]

खैरहनीमा ५ बजेपछि औषधि पसल मात्रै खोल्न पाइने

खैरहनी, २३ चैत संघीय सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेसँग चितवनको खैरहनी नगरपालिकाले पनि कडाईको रणनीति लिएको छ । लकडाउनको अवज्ञा भईरहेकाले अझ कडाई गर्ने नगरपालिकाको तयारी छ । बजार व्यवस्थित गराउन सके स्वत लकडाउनको पालना हुने भएकाले नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिएको छ । स्वास्थ्य क्लिनिक, अस्पताल, मेडिकलमात्रै नियमित खोल्नपर्ने तर अत्यावश्यक मानिएको खाद्यान्न, दूध, […]

कोरोना भाइरसको नमूना परीक्षण गर्न चितवनमा ल्याब तयार, भोलीबाट सञ्चालनमा आउने

काठमाडौं, २३ चैत चितवनमा भोलीदेखि कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । नमूना परीक्षणका लागि भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याब तयार भएको छ । ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै ल्याब कोरोना भाइरसको नमूना परीक्षणका लागि तयार भएको बताए । उनका अनुसार […]

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

कञ्चनपुर, २३ चैत कञ्चनपुरको बेदकोटका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो ।” ब्रह्मदेवस्थित […]

जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिको गोली हानेर हत्या !

मस्को, २३ चैत (रासस–एएफपी) रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना […]

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

२३ चैत(रासस) विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । […]

दादुरा–रुबेलाबाट धादिङमा दुई बालकको मृत्यु, एक सय ५० भन्दा बढी बिरामी

धादिङ, २३ चैत डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको चैत १७ र […]

देवघाटमा लकडाउन प्रभाव:शव घटे, मलामी घटेनन्

मलामी जाँदा भिड नगर्न सुझाव विप्लव काफ्ले भरतपुर, २३ चैत अन्तिम संस्कारका लागि देवघाट आउने क्रम घट्न थालेको छ । दैनिक १५–२० शव ल्याइने गरेकोमा हाल सरदर ६ वटासम्म ल्याइने गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सकेसम्म थोरै मलामी आउन आग्रह गरेपनि भिड भने नियन्त्रण हुन सकेको छैन । शनिबारमात्रै देवघाटमा जिल्लाभित्रका ६ शवको […]

देवचुलीमा राहतस्वरूप खाद्य सामग्री वितरण

देवचुली, २३ चैत पूर्वी नवलपरासीको देवचुलीमा खाद्यान्न सामग्री वितरण गरिएको छ । कोरोना भाइरस कोभिड- १९ को कारण सिङ्गो देश नै लकडाउन रहेकाे समयमा दैनिक ज्यालादारी गर्ने तथा मजदुरी गरेर परिवार पाल्नेहरूलाई अत्यन्तै कठिन अवस्था सिर्जना भएकाले नगरपालिकाद्वारा सुरु गरिएकाे खाद्यान्न बैंकमार्फत खाद्यान्न वितरण गरिएकाे हाे । वडा नम्बर ५ मा रहेको घर परिवारमध्ये निकै गरीब […]

लकडाउनले बिचल्लीमा परेकालाई खाना खुवाउँदै युवा उद्यमी मञ्च चितवन

भरतपुर, २३ चैत नेपाल युवा उद्यमी मञ्च चितवनले लकडाउनका कारण बिचल्लीमा परेका तथा पैदलयात्रीलाई नि:शुल्क खाना वितरण गरेको छ । नारायणगढको पुल्चोकमा मञ्चले खाना वितरण गरेको हो । विपन्न वर्गलाई लकडाउनको समयमा खानाको समस्या भएका कारण मञ्चले खाना वितरण गरेको अध्यक्ष दाताराम घिमिरेले बताए । साथै लकडाउनमा बाध्यताले हिंडेका व्यक्तिहरुलाई पनि खानाको समस्या देखेर वितरण […]

जहाजबाट आएका एक सय यात्रु अझै सम्पर्क बाहिर

जनकराज सापकोटा काठमाडौं, २३ चैत कोभिड–१९ संक्रमण पुष्टि भएका नौमध्ये पाँच यात्रुसँग अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा सँगै यात्रा गरेका ५ सय ८८ मध्ये एक सय जना यात्रु अझै प्रहरी प्रशासनको सम्पर्क बाहिर छन् । उनीहरू कहाँ छन् भन्ने सूचना प्रहरीले अझै पाएको छैन । संक्रमित हुनेको संख्या ६ बाट एकैचोटि ९ पुगेसँगै संक्रमितहरूसँगै यात्रा गरेका […]

चीनले अमेरिकामा पठायो १ हजार थान भेन्टिलेटर

काठमाडौं, २३ चैत चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् । चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको […]

अमेरिकामा ५ सय नेपाली कोरोना संक्रमित !

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् […]

ट्रम्प भन्छन: कोरोना भाइरसका कारण उत्पन्न संकटले विकराल रुप लिन सक्छ

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबका दुई हप्तामा कोरोना भाइरसका कारण मृत्यु हुनेको अत्याधिक हुनसक्ने बताएका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा अबको दुई हप्ता अति कठिन हुने उनले बताएका छन्। कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गका क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा पत्रकारसमक्ष यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘आउँदा दिनमा धेरैको मृत्यु हुन सक्छ।’ ट्रम्पले […]

अर्गानिक प्याज, गाँजर र चुकन्दर चाहियो ? फोन गर्नुस्, घरमै ल्याइदिन्छ हंसले

भरतपुर, २३ चैत लकडाउन जारी छ । सबै घरमै छौं । घरायसी सामान किन्न समस्या छ । बाटोमा हिँड्न पाइएको छैन । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय शनिबार गरेको छ । बजार गएर तरकारी फलफुल किन्न पनि समस्या छ । हुन त सरकारले अत्यावश्यक सामान किन्न जानूस् नै भनेको छ । तर, अवरोध नभए […]

न्युर्योकमा कोरोना भाइरसका कारण एकैदिन ६ सय ३९ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार सात सयभन्दा बढी

काठमाण्डौ, २३ चैत अमेरिकाको न्युर्योकमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण एकैदिन ६ सय ३९ जनाको ज्यान गएको छ । योसँगै न्युर्योकमा मात्रै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ६५ पुगेको बीबीसीले जनाएको छ । न्युयोर्क राज्यमा मात्रै सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार सात सयभन्दा धेरै छ । अमेरिकामा […]

प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किए

काठमाडौं, २३ चैत सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो । सरकारले उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण गर्ने बताएको थियो। स्वास्थ्य […]

कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन अभिनेता शाहरुख खानको प्रस्ताव

काठमाण्डौं, २३ चैत बलिवुड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ । बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए […]

आजबाट काठमाडौंसहित ९ ठाउँबाट कोरोना परीक्षण, चितवनमा पनि परीक्षण हुने

काठमाण्डौ, २३ चैत सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ । यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो । योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या […]