भरतपुर, २३ चैत
नेपाल युवा उद्यमी मञ्च चितवनले लकडाउनका कारण बिचल्लीमा परेका तथा पैदलयात्रीलाई नि:शुल्क खाना वितरण गरेको छ ।

नारायणगढको पुल्चोकमा मञ्चले खाना वितरण गरेको हो । विपन्न वर्गलाई लकडाउनको समयमा खानाको समस्या भएका कारण मञ्चले खाना वितरण गरेको अध्यक्ष दाताराम घिमिरेले बताए ।
साथै लकडाउनमा बाध्यताले हिंडेका व्यक्तिहरुलाई पनि खानाको समस्या देखेर वितरण गरिएको उनले बताए ।





