चितवन फर्निचर व्यवसायी संघको अध्यक्षमा केशवराज पौडेल निर्वाचित

चितवन, ११ जेठ ।
चितवन फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको अध्यक्षमा केशवराज पौडेल निर्वाचित हुनुभएको छ । संघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिकुमार राजभण्डारी, प्रथम उपाध्यक्षमा रमेश बुर्लाकोटी, द्वितीय उपाध्यक्षमा दीपक सुनार तथा तृतीय उपाध्यक्षमा पवनकुमार राना चयन हुनुभएको छ । त्यस्तै महासचिवमा चन्दना कोइराला, सचिवमा एकराज गायक, कोषाध्यक्षमा राम नेपाली, सह–कोषाध्यक्षमा घनश्याम राठी तथा प्रवक्तामा पार्वती कुँवर निर्वाचित हुनुभएको छ ।

समितिका सदस्यहरूमा योगेश पौडेल, पदम न्यौपाने, दानबहादुर गुरुङ, मोहन दनै, सद्दाम अन्सारी, सुवासचन्द्र आचार्य, सूर्यबहादुर बिक, बासुदेव अधिकारी, भवानी सुवेदी, दिलिप भगत र अशोक ज्ञवाली चयन हुनुभएको संघले जनाएको छ ।

कमलनगरस्थित पर्व ब्याङ्केटमा सोमबार बिहान आयोजित अधिवेशनमा व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायको वर्तमान अवस्था, व्यवसायीहरूले भोगिरहेका चुनौती, बजार विस्तारका सम्भावना तथा आगामी कार्ययोजनाबारे समेत विस्तृत छलफल गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको आधुनिकीकरण तथा संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चितवनको फर्निचर तथा फर्निसिङ क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने दिशामा नयाँ कार्यसमितिले विशेष पहल गर्ने बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट